३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि



एजेन्सी । चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । चीनमा पछिल्ला दिनहरूमा विश्वका अन्य मुलुकमा जस्तै कोभिड-१९ को नयाँ प्रकार ‘डेल्टा भेरिएन्ट’ बाट सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि भइरहेको पाइएको छ ।

थप सङ्क्रमितमध्ये ३० व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने अन्य विदेशबाट आएका यात्रुमा भेटिएको हो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा छ, चोङकिङमा दुई र लियोनिङ, फुजियान र सिचुआनमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय सञ्चार माध्यम ‘चाइना डेली’ले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले २५ सङ्क्रमित विदेशबाट आउने व्यक्तिमा भेटिएको जनाएका छन् । यसमध्ये नौ युनानमा, आठ शाङ्घाईमा, तीन तियानजिनमा, झेजियाङ र फुजियानमा चार र एउटा ग्वाङ्गडोङमा सङ्क्रमित रहेका छन् ।

ग्लोबल टाइम्सका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङको विमानस्थलबाट कोभिड-१९ सङ्क्रमितका बिरामीहरू भेटिएका थिए । नानजिङमा जुलाई २० मा पहिलो सङ्क्रमित भेटिएपछि अहिलेसम्म १८४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : ०६ बजे

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ : प्रचण्ड

मकवानपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया