काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरीको तर्फबाट राय दिने क्रम जारी छ । आज वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले राय दिँदै प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएका कारण अदालतमा सुनुवाई गर्नै नहुने लिखित जवाफ संवैधानिक इजलासलाई दिएका थिए । वरिष्ठ अधिवक्ता…