१० भदौ २०८३, बुधबार | August 27, 2026

नयाँ शैक्षिक सत्र असारदेखि : शिक्षामन्त्री श्रेष्ठ



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताएका छन् ।

मंगलबार सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी हुनु भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताएका हुन् । यस निम्ति मन्त्रालयले तयारी गरिसकेको श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाईएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए ।

आगामी दिनमा एचआईभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एचआईभी संक्रमितहरुले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुको कदर र सम्मान हुनुपर्ने बताए । सबै विद्यालयहरुमा सामाजिक रुपान्तरण रहेको उनको भनाइ छ ।

त्यसअवसरमा मन्त्री श्रेष्ठले सफलता एचआईभी सक्रमित बालबालिकासँग सरस्वती पूजा मनाए । मन्त्रीसँगै कार्यक्रममा पुगेका विभिन्न समाजसेवी व्यक्तिहरुले सफलता एचआईभी शिक्षा सदनलाई आर्थिक सहयोग पनि गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : ४२ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट