२९ असार २०८३, सोमबार | July 13, 2026

बागमती प्रदेशसभा बैठक फेरि स्थगित, सभामुख विरुद्ध प्रचण्ड-नेपाल नेकपा क्रुद्ध



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्तावमाथी आज पनि छलफल नहुने भएको छ ।

आजका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको थियो । यसअघि सोमबार बसेको प्रदेशसभाको बैठक आजका लागि बैठक बोलाएको थियो ।

दिउँसो २ बजेका लागि तय गरिएको बैठक आज बिहान ६ः३७ बजे सूचना टाँस गरेर अनिश्चितकालसम्म स्थगित गरिएको छ । बैठक स्थगित गरिएपछि प्रचण्ड नेपाल नेकपा निकट सांसदहरु कुद्ध बनेका छन् ।

ओली पक्षको लाचार छायाँ बनेर सभामुखले फेरि बैठक स्थगित गरेको भन्दै उनीहरु सभामुख विरुद्ध नै मुद्दा हाल्ने तयारीमा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड-नेपाल पक्षका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसयता प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल हुन सकेन ।

अविश्वासको प्रस्ताव छल्न विना कारण बैठक स्थगित गरिएको भन्दै प्रचण्ड-नेपाल पक्षले गत माघ १९ मा नारावाजीसमेत गरेका थिए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै विभाजित बनेको नेकपामा प्रचण्ड-नेपाल पक्षधरको बहुमत रहेको प्रदेशसभामा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

प्रदेशसभामा नेकपाका दुई समुहबाहेक नेपाली काँग्रेसका २२, साझा विवेकशील दलका तीन, नेपाल मजदुर पार्टीका दुई, राप्रपा दुई र स्वतन्त्र एक गरी ११० जना सदस्य रहेका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ८ : ३५ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको