११ मंसिर २०८३, शुक्रबार | November 28, 2026

कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री बन्दै, साँझ ५ बजे सपथको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन दलको नेतृत्व गर्दै आज प्रधानमन्त्री बन्दैछन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछिन् । सर्वोच्चले आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न हिजो परमादेश दिएको थियो । देउवाको सपथग्रहणका लागि राष्ट्रपति कार्यालयले तयारी सुरु गरेको छ । साँझ ५ बजे सपथग्रहण कार्यक्रम…