१२ बैशाख २०८१, बुधबार | April 24, 2024

वैदेशिक रोजगारमा जानेलाई खोप दिइने



काठमाडौं । सरकारले खोप अनिवार्य गरेका वैदेशिक रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणको प्राथमिकतामा उनीहरुलाई राखेको हो ।

खोप मङ्गलबारदेखि दिइने बताइएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहचालकलाई पनि खोप दिइने जनाइएको छ । खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु समस्यामा रहेका थिए । खाडी मुलुकहरुले खोप नलगाएका श्रमिकलाई १० दिन होटल क्वारेन्टीनमा बस्नु पर्ने र खर्च पनि स्वयंले व्यहोर्नु पर्ने नियम बनाएका थिए ।

कतारबाट घर बिदामा आउनुभएका बाग्लुङका विशाल अधिकारीको कम्पनीले दिएको बिदा सकिएको एक महिना भइसक्दा पनि जान नपाएको बताए । श्रमिक अधिकारीले भने, “कतार गएर होटल क्वारेन्टाइनमा बसेको पैसा तिर्नसक्ने अवस्था छैन । त्यसैले सरकारले हामीजस्ता श्रमिकका लागि खोपको व्यवस्था गरिदिए हुन्थ्यो । ”

“स्वदेशमै केही गरौँ भने पनि लगानी गर्ने पैसा छैन । ऋण गरेर स्वदेशमै केही गरौँ भने पनि कसैले पत्याउँदैन,” अधिकारी भने, “विदेश नगई उपाय नै छैन, नगए कसरी घर चलाउने र रु सरकारले हामीजस्ताका लागि जसरी पनि आएका खोपलाई प्राथमिकतामा राखेर खोप दिनुप(यो । ”

यस्तै संयुक्त अरब इमिरेट्सबाट घर बिदामा आउनुभएका कास्कीका कैलाश सिग्देल उडान खुलेलगत्तै जान पाइन्छ कि भनेर काठमाडौँमा आएर बसिरहेका छन् । यूएईले खोप नलगाउनेलाई प्रवेशमा रोक लगाएको छ । उनी भन्छन्, “कति ठाउँमा बुझियो तर विदेश जानेका लागि खोप छैन भन्छन् । उताबाट कम्पनीले खोप नलगाई आउन पाइँदैन भनेको छ । ”

नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य मुलुकले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएका छन् । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि नेपालका श्रम गन्तव्य मलेसिया, यूएई, कुवेतले नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेका छन् ।

कम्पनीको बिदामा आएका पनि पहिले उडान बन्द भएर अहिले खोप नपाएर रोकिएका छन् । कुवेतले खोप लगाएका श्रमिक बिस्तारै लिने भनेको छ भने साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बने सर्तमा श्रमिक लिइरहेका छन् । यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने भनेको छ तर अहिले त यूएईले नेपाललाई प्रतिबन्ध नै लगाएको छ ।

ओमान र बहराइनले पनि अहिले नयाँ भिसा जारी गरेका छैनन् । ओमानको आवासीय भिसा भएका श्रमिक सात दिन क्वारेन्टाइनमा बस्ने गरी जान पाउँछन् । पछिल्लो समयमा चीन र अमेरिकाबाट खोप आएको छ । अन्य देशबाट पनि आउने भनिएको छ । सरकारले जुलाईभरमा चीनबाट तीन चरणमा कोभिड-१९ विरुद्धको खोप ल्याउने बताएको छ तर वैदेशिक रोजगारीमा जानेलाई भने सरकारले अहिले पनि प्राथमिकतामा राखेको छैन ।

चीनबाट आएको र भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकारले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ भने अमेरिकाबाट आएको जोनसन एन्ड जोनसन खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकता दिने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले अमेरिकाबाट आएको खोप एक डोज मात्रै लगाए हुने भएकाले यो खोप पहिलो प्राथमिकता विदेश जानेलाई प्राथमिकतामा पारौँ भन्नेमा मन्त्रालयको जोड रहेको बताए ।

श्रम मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा कृष्णगोपाल श्रेष्ठ रहेकाले खोपमा विदेश जानेलाई प्राथमिकतामा पार्ने विषयमा सकारात्मक नै रहेको बताए । वैदेशिक रोजगारी जानेहरूले आफूहरूलाई खोप उपलब्ध गराउन माग गर्दै आएको भए पनि अहिले उनीहरूका बारेमा कुनै निर्णय नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अवस्था सामान्य हुन्थ्यो भने रोजगारीको खोजीमा दैनिक सरदर एक हजार मानिस विदेश उड्थे तर कोरोना महामारीले वैदेशिक रोजगारलाई थला परेको छ । गत वर्ष गन्तव्य देशहरू नै कोरोनाबाट नराम्रोसित प्रभावित भएका थिए ।

राष्ट्रिय योजना आयोगले अघिल्लो महिना सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७७ असारदेखि २०७८ वैशाखसम्म करिब साढे चार लाख नेपाली चार्टर उडान र उद्धार उडानमार्फत स्वदेश फर्किएका छन् । सो अध्ययनअनुसार पछिल्लो एक वर्षमा कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका चार लाख ४४ हजार ७९९ नेपाली रोजगारी गुमाएर स्वदेश फर्किएका छन् ।

यता वैदेशिक रोजगार व्यवसायीहरूले पनि वैदेशिक रोजगारीमा जान्छु भन्ने सबैलाई खोप उपलब्ध गराउन नसके पनि श्रम स्वीकृति लिइसकेका श्रमिकलाई भने तत्काल प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् । आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ४१ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।