१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

झण्डै ११ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप



काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभीयान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको सोमबार बसेको बैठकले जोन्सन खोप पाउने प्राथमिकता निर्धारण गरेको छ । आज मंगलबारदेखि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप पहिलो मात्रा लगाइने मन्त्रालयले जनाएको छ । भेरोसिल खोप लगाउने प्राथमिकतामा ५५ र त्यसमाथिका उमेर समूहका कोभिड-१९ विरुद्ध खोप लगाउन बाँकी नागरिक छन् । स्वास्थ्य सेवा विभाग महानिर्देशक डा। दीपेन्द्ररमण सिंहका अनुसार विश्वविद्यालयका प्राध्यापक र शिक्षकलाई भेरोसिल खोप लगाउने प्राथमिकतामा राखिएका छन् ।

त्यस्तै, सार्वजनिक यातायातका चालक र सहचालक, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीलाई पनि भेरोसिल खोप लगाउने सरकारको योजना छ । खोप अनिवार्य देशमा जाने नागरिक पनि भेरोसिल खोपको सूचीमा छन् ।

त्यस्तै, ‘जेन्सन एडी २६ सिओभी टुएस’ खोपको प्राथमिकतामा ५० देखि ५४ वर्ष उमेर समूह कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकलाई राखिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पूर्ण र अति अशक्त अपांगता ९‘क’ र ‘ख’ वर्ग०का नागरिक, शरणार्थीलाई जोन्सन एण्ड जोनसन खोपको प्राथमिकीकरण सूचीमा राखिएका छन् ।

यसअघिको अभियानमा खोप लगाउन छुट भएका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीलाई पनि जोनसन एण्ड जोनसन खोप लगाइने मन्त्रालयले जनाएको छ । सो खोप हिजो सोमबारमात्रै आएकाले ‘कहिलेदेखि लगाउने भन्ने अझै निर्णय भइसकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल कोरोनाविरुद्ध दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकका लागि खोप व्यवस्थापन गर्न सरकार प्रयत्नरत रहेको बताउ“छन् । खोपका लागि अनलाइन दर्ता व्यवस्थासमेत गरिएको छ । सरकारको योजना कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप लगाउने छ । जसअन्तर्गत् हालसम्म १० लाख ७९ हजार १ सय ९२ जनाले पूर्ण खोप लगाएका छन् ।

सरकारले आगामि पुसभित्र आमनागरिकलाई खोप उपलब्ध गराइसक्ने बताएको छ । कोभ्याक्स ङ्खयासिलिटीअन्तर्गत जोनसोन एण्ड जोनसोन खोप र खरीद प्रक्रियामार्फत भेरोसिल खोप ल्याइएको हो ।

यसैबीच, सोमबार देशभर २ हजार ३ सय ७० कोरोना संक्रमित थपिएका छन् । सोमबार ७ हजार ६ सय ८९ पीसीआर र ३ हजार ८ सय ९५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

हालसम्म कुल संक्रमित संख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । देशभर सोमबार १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ११ बजे

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड