कास्की । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुका लागि दुर्घटना बिमा गर्ने भएको छ । कास्कीको पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा सम्पन्न पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति बैठकले सदस्यहरुलाई सहभागितामा आधारित बिमा कार्यक्रममा समावेश गराउने निर्णय गरिएको महासंघका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पत्रकारहरुको पेशागत…