ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा पुगेका छन् । पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट सिधै फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा पुगेका हुन् । ओलीले घुन्सा फाउन्डेसनले स्थापना गरेको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यले घुन्साका बासिन्दालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमसमेत रहेको बताइएको…