२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

प्रधानमन्त्री ओली ताप्लेजुङको घुन्सामा



ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा पुगेका छन् ।

पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट सिधै फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा पुगेका हुन् ।

ओलीले घुन्सा फाउन्डेसनले स्थापना गरेको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यले घुन्साका बासिन्दालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले स्थानीयलाई सम्बोधन समेत गर्नेछन् । घुन्सामा ओलीको भ्रमण भएपछि नेकपाका जिल्लास्तरीय नेता कार्यकर्ता एवं प्रदेश सांसदहरु र स्थानीय बासिन्दासमेत घुन्सा पुगेका छन् ।

ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई रहेका छन् ।

घुन्सापछि प्रधानमन्त्री ओली नेपाल–चीन सीमा क्षेत्र ओलाङचुङगोला र इलामको जौवारी जाने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १२ : ५२ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस