काठमाडौं । बुधबार कोरोना भाइरसका थप २ हजार ५६९ जना संक्रमित भएका छन् । १० हजार ८१ पीसीआर परीक्षण गर्दा २ हजार ५६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।…