काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । सोमबार नियमित बैठक बस्नुपर्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीकी बडीआमाको निधन भएपछि हिजो बैठक स्थगित भएको थियो । सोही नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको हो । बैठकमा सरकारको नियमित एजेण्डामा केन्द्रित रहेको बुझिएको छ । मन्त्रिपरिषद् बैठक सकिए लगत्तै बालुवाटारमै सर्वदलीय बैठक समेत बस्दैछ…