१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

हुम्लामा पुनः उडान शुरु



हुम्ला । नेपाल वायुसेवा निगमको हुम्ला उडान पुनः सञ्चालनमा आएको छ ।

कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा झण्डै एक वर्षपछि सोमबारदेखि उडान गरेको हो ।

नेपालगञ्जबाट हुम्लाका लागि हप्ताको एकपटक उडान गर्ने भएको हुम्ला स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । दुई वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा २५ प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए ।

यस्तै वृद्धवृद्धालाई पचास प्रतिशत टिकटमा छुटको व्यवस्था रहेको इञ्चार्ज सुनारले बताए । अन्य नागरिकका लागि हुम्लाबाट नेपालगञ्जको भाडादर रु ६ हजार ३०० रहेको छ भने नेपालञ्जदेखि हुम्लाका लागि रु सात हजार भाडादर कायम गरेको उनले बताए । नेपालगञ्जदेखि हुम्ला पुग्नका लागि निजी एयरलाइन्सहरुले प्रतिव्यक्ति भाडादर रु दश हजारभन्दा बढी लिने गरेका छन् ।

नेपाल एयरलाइन्सले हुम्लाका हप्ताको एक, जुम्लामा हप्ताको दुई र रुकुममा एक दिन उडान गर्दै आएको छ । हुम्लामा यात्रुको सङ्ख्या हेरेर उडान तालिका थप्न सकिने भएको छ । रासस

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : १८ बजे

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो