१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रुपन्देही प्रहरीको नजर लगातार गोरुका पछाडी !



बुटवल । रुपन्देही प्रहरीले १२१ वटा गोरु सहित ५ जनालाई नियन्त्रणमा लिएको ३ दिन पछि पुनः ३० वटा गोरु सहित २ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको बाटो हुँदै पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले गारु सहित २ जनालाई पक्राउ गरेको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका ६ तेनुहवाबाट ना ७ ख १८३३ नम्बरको ट्रकमा लोड गरेर पूर्व तर्फ लैजाँदै गरेको अवस्थामा ३० वटा गोरु, १ थान ट्रक सहित ट्रक चालक खान मजिफुल अलि तथा सहचालक मुस्तफा अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

नियन्त्रणमा रहेका गोरु र पक्राउ परेका २ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया भैरहवा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : १९ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका