१४ असार २०८३, आइतबार | June 29, 2026

मन्त्रिपरिषद् बैठक सकिए लगत्तै सर्वदलीय बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ ।

सोमबार नियमित बैठक बस्नुपर्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीकी बडीआमाको निधन भएपछि हिजो बैठक स्थगित भएको थियो । सोही नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको हो ।

बैठकमा सरकारको नियमित एजेण्डामा केन्द्रित रहेको बुझिएको छ । मन्त्रिपरिषद् बैठक सकिए लगत्तै बालुवाटारमै सर्वदलीय बैठक समेत बस्दैछ ।

सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ ।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको हो ।

यसअघि, नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ४५ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा