११ बैशाख २०८१, मंगलबार | April 23, 2024

मन्त्रिपरिषद् बैठक सकिए लगत्तै सर्वदलीय बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ ।

सोमबार नियमित बैठक बस्नुपर्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीकी बडीआमाको निधन भएपछि हिजो बैठक स्थगित भएको थियो । सोही नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको हो ।

बैठकमा सरकारको नियमित एजेण्डामा केन्द्रित रहेको बुझिएको छ । मन्त्रिपरिषद् बैठक सकिए लगत्तै बालुवाटारमै सर्वदलीय बैठक समेत बस्दैछ ।

सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ ।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको हो ।

यसअघि, नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ४५ बजे

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल