काठमाडौं । अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका- ९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ । यस वर्ष २ असोजदेखि असोज मसान्तसम्म अधिकमास अर्थात् मलमास परेको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मच्छेनारायण मेला स्थगन गरिएको…