वीरगन्ज । जनताको स्वास्थ्यमा लापरवाही गरेको आरोप लगाउँदै नेपाली काँग्रेसको भातृ संगठन नेवि संघले वीरगन्जमा प्रदर्शन गरेको छ । कारोना महामारीको हट स्पट बनेको वीरगन्जमा नेवि संघका कार्यकर्ताहरुले निषेधाज्ञाकै बीचमा जिल्ला प्रशासन कार्यालय अगाडि समुह बनाएर प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । नेवि संघका दुई कार्यकर्ता पक्राउ परेका छन् ।…