१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पहिराेले बागलुङमा ७७ घरमा क्षति, २१५ घर उच्च जोखिममा



बागलुङ । निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ । २१५ घर उच्च जोखिममा छन् ।

बागलुङ नगरपालिकामा ६५ घर पहिराेले पूर्णरूपमा क्षति गरेको छ भने १५० घर उच्च जोखिममा छन् । निरन्तरको वर्षातका कारण नगरपालिकाभित्र बाढीपहिरो तथा जमिन भासिने कारणले ६५ घर विस्थापन भएको र १५० घर उच्च जोखिममा रहेको तथ्याङ्क सङ्कलन गरिएको छ ।

पूर्णरूपमा विस्थापित हुने गरी क्षति भएका ६५ घरलाई नगरपालिकाका तर्फबाट एक लाख ५० हजार रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

घर बनाउन सघाउ पुग्ने गरी ६५ घरलाई एक लाख ५० हजारका दरले नगद उपलब्ध गराउने गरी विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो ।

पौडेलका अनुसार जोखिममा रहेको घरका लागि तत्कालै १५ हजार रूपैयाँ दिइएकाे छ । यस्तै जैमिनी नगरपालिकामा १२ घरमा पूर्ण क्षति भएको तथा ५५ घर पहिराेको उच्च जोखिममा परेको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए ।

उनले पछिल्लो वर्षातमा क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै क्षति तथा जोखिम घरको सङ्ख्या बढ्ने बताए । रासस

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : ३२ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण