१० श्रावण २०८३, आइतबार | July 27, 2026

प्रतिष्ठित उद्योगी-व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं प्रतिष्ठित उद्योगी व्यवासायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आईएमई ग्रुप एवं ग्लोबल बैंकका अध्यक्ष ढकालले सोमबार बिहान आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ढकालले लेखेका छन्, जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सर्तकता र सजगता अपनाइरहेको भएपनि हिजो आइतबार गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ ।’

ढकालले आफुनो स्वास्थ्यमा कुनै समस्या नरहेको जनाएका छने । सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन् ।

ढकालले भनेका छन्, ‘दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु ।’

ढकाल नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गदैछन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : २३ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले