कीर्तिपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएका छन् । २६औं मनमोहन स्मति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा भण्डारीले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्ने गरेको स्मरण गरेकी हुन् । उनले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गरेको मार्गलाई हामी सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिइन ।…