काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज पुनः सुरू भएको छ। अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बैठक बस्दै नबसी स्थगित भएको थियो । दुई दिनअघि, अर्थात् शुक्रबारदेखि सुरू भएको बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थामाथि विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए। सो प्रस्तावमा वरिष्ठ उपाध्यक्ष,…