काठमाडौं । आइतबार देशभर कोरोना भाइरसका २४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै पर्साका संक्रमित रहेका छन् । यसैगरी काठमाडौं उपत्यकामा ३१ जनासंक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका मात्रै २२ जना रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ…