१० श्रावण २०८३, आइतबार | July 26, 2026

बाँकेको कोरोना विशेष अस्पताल बन्द



नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आईसोलेशन अस्पताल शनिवारदेखि बन्द भएको छ ।

क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले आईसोलेशन सेन्टर बन्द गरिएको हो ।

५ नम्बर प्रदेश सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाख महिनादेखि कोरोना विशेष आइसोलेसन अस्पताल घोषणा गरेको थियो ।
बाँकेमा सुबिधा सम्पन्न आईसोलेशन अस्पतालका रुपमा २ बेड भ्यान्टिलेटर, ६ बेड आईसियुसहित ५० बेडको कोरोना बिशेष आईसोलेशन अस्पताल बन्द भएसंगै यहाँबाट पाउने सेवा नेपालगञ्जको भेरी अस्पतालमा दिईने छ ।

सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले हालसम्म क्यान्सर अस्पतालबाट कोरोना बिशेष आईसोलेशन सेन्टरका रुपमा दिईने सेवा सुबिधा अबदेखि भेरी अस्पतालले दिने बताए ।

उनले कोभिड १९ को जोखिम भएकै बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना अस्पतालको बिकल्प तयार भएपछि मात्र बन्द गरिएको जानकारी दिए ।

अस्पताल खजुराका डा.प्रबिण गुप्ताले बैशाख १९ गते बाँकेका पहिलो कोरोना संक्रमित ६० बर्षीय पुरुषलाई आईसोलेशन सेन्टरमा राखेर शुरुवात गरिएको सेवा हालसम्म १ सय ९७ जना कोरोना पोजेटिभको सफल उपचार भएर सबै जनालाई घर पठाईएको बताए ।

उनले शनिवार अन्तिम लटमा २२ जना कोरोना जितेर घर फर्किएसंगै आगामी दिनमा क्यान्सरको उपचार गर्नेगरि कोरोना बिशेष अस्पतालको सेवा बन्द गरिएको बताए ।

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  २ : ४० बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि