१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बाँकेको कोरोना विशेष अस्पताल बन्द



नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आईसोलेशन अस्पताल शनिवारदेखि बन्द भएको छ ।

क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले आईसोलेशन सेन्टर बन्द गरिएको हो ।

५ नम्बर प्रदेश सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाख महिनादेखि कोरोना विशेष आइसोलेसन अस्पताल घोषणा गरेको थियो ।
बाँकेमा सुबिधा सम्पन्न आईसोलेशन अस्पतालका रुपमा २ बेड भ्यान्टिलेटर, ६ बेड आईसियुसहित ५० बेडको कोरोना बिशेष आईसोलेशन अस्पताल बन्द भएसंगै यहाँबाट पाउने सेवा नेपालगञ्जको भेरी अस्पतालमा दिईने छ ।

सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले हालसम्म क्यान्सर अस्पतालबाट कोरोना बिशेष आईसोलेशन सेन्टरका रुपमा दिईने सेवा सुबिधा अबदेखि भेरी अस्पतालले दिने बताए ।

उनले कोभिड १९ को जोखिम भएकै बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना अस्पतालको बिकल्प तयार भएपछि मात्र बन्द गरिएको जानकारी दिए ।

अस्पताल खजुराका डा.प्रबिण गुप्ताले बैशाख १९ गते बाँकेका पहिलो कोरोना संक्रमित ६० बर्षीय पुरुषलाई आईसोलेशन सेन्टरमा राखेर शुरुवात गरिएको सेवा हालसम्म १ सय ९७ जना कोरोना पोजेटिभको सफल उपचार भएर सबै जनालाई घर पठाईएको बताए ।

उनले शनिवार अन्तिम लटमा २२ जना कोरोना जितेर घर फर्किएसंगै आगामी दिनमा क्यान्सरको उपचार गर्नेगरि कोरोना बिशेष अस्पतालको सेवा बन्द गरिएको बताए ।

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  २ : ४० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम