२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सात जना नयाँ कुष्ठरोगी भेटिएका हुन् । सबैभन्दा बढी रामपुर नगरपालिका दुई र निस्दी गाउँपालिकामा दुई जना कुष्ठरोगी रहेका उनले जानकारी दिए । पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकामा…