काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्र नभएर मानव कल्याण, लोकहित र सामाजिक न्यायका लागि मार्गदर्शक दार्शनिक चिन्तन भएको स्पष्ट पारेकी छन्। शनिबार मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै भण्डारीले जबजको सार वैदिक मन्त्र ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ सँग मेल खाने बताइन्। उनले…