काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । आजको बैठक भने सुचारु हुने बताइएको छ । यसअघि हिजो बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको थियो…