१० श्रावण २०८३, आइतबार | July 26, 2026

दिल्लीमा भड्कियो हिंसा : विद्यालय बन्द, सीमावर्ती राज्यमा हाई एलर्ट



एजेन्सी । भारतमा नागरिकता संशोधन कानुनका कारण सुरु भएको संघर्षले हिंसात्मक मोड लिएको छ । सो प्रकरणमा उत्तरपूर्वी दिल्लीमा हिंसा भड्किएको छ ।

उत्तरपूर्वी दिल्लीमा सोमबार हिंसा भड्किएको समाचारहरु आएका छन् । मंगलबार पनि शान्ति हुने लक्षण देखिएको छैन । मंगलबार विहानैदेखि मौजपुर तथा ब्रह्मपुरी जस्त क्षेत्रमा झडप सुरु भएको छ ।

दिल्लीमा हिंसा भड्किँदा हालसम्म ५ जनाको मृत्यु भइसकेको बताइएको छ । मृत्यु हुनेमध्ये एकजना प्रहरी छन् । साथै १ सयभन्दा बढी घाइते भएका छन् ।

दिल्लीमा मंगलबार विहानैदेखि स्थिति तनावपूर्ण रहेको छ । मंगलबार विहानैदेखि मोटरसाइकलमा आगजनी भएको छ । आज विहानै कम्तीमा पाँचवटा मोटरसाइकलमा आजगनी भएको छ ।

सम्भावित झडपलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यद्यपी कम्तीमा ४५ आगजनीका मामिला आइसकेका छन् । आगजनी नियन्त्रणका लागि गएको एक दमकलमा पनि ढुंगा प्रहार गरिएको छ ।

प्रदर्शनकै कारण ५ वटा मेट्रो स्टेसन बन्द भएका छन् । सरकारले त्यस क्षेत्रमा धारा १४४ लागू गरेको छ । यसका साथै दिल्लीको उत्तरपूर्वी क्षेत्रका सबै विद्यालय तथा कलेजहरु बन्द गरिएका छन् ।

दिल्लीका सीमावर्ती राज्यहरुमा हाई एलर्ट जारी गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारत भ्रमणमा रहेका छन् । ट्रम्प भारत भ्रमणमा रहेका बेला भएको प्रदर्शन र त्यसमा भड्किएको हिंसालाई विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ५० बजे

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ