कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा उपचाररत कोराना सङ्क्रमित उपचार भई सबै जना डिस्चार्ज भएपछि हाल आइसोलेशन वार्ड खाली भएको छ । प्रादेशिक अस्पतालमा ८० जना कोरोना सङ्क्रमित उपचार भएर डिस्चार्ज भएपछि साउन ६ गतेदेखि आइसोलेशन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनले सङ्क्रमित र शङ्कास्पद गरी १७३…