१३ आश्विन २०८०, शनिबार | September 30, 2023

साधारणसभा स्थगित भएकोमा ढकाल समुहको गम्भीर आपत्ति; ‘कखुरा खायो भन्दा पनि स्याल पल्कियो’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अचानक स्थगित गरिएपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले असन्तुष्टि जनाएका छन् ।

ढकालले शुक्रबार पत्रकार सम्मेलन गरी कार्यसमितिले निर्णय गर्नुपर्ने विषयलाई विधान विपरित पदाधिकारी बैठकबाट निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

निर्वाचन जहिले भएपनि आफुलाई फरक नपर्ने भन्दै ढकालले विधानअनुसार सबै चल्नुपर्ने जिकिर गरे । उनले भने ‘कार्यसमितिले चुनाव सार्ने निर्णय गर्नुपर्नेमा पदाधिकारीले गरेको छ, यो ठीक भएन । मलाई कखुरा खायो भन्दा पनि स्याल पल्कियो भन्ने डर भयो ।’

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले महासंघको निर्णयले कानुनी मात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको टिप्पणी समेत गरे । उनले चुनावी नतिजाको संभावित आंकलन गरेर विपक्षी प्रत्यासीका सहयोगीहरुबाट निर्वाचन स्थगित गरिएको दाबी गरे ।

कोरोना महामारी विरुद्ध सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर चुनाव गर्न आफुले प्रस्ताव राख्दा केही पदाधिकारीले आफुलाई हतोत्साही गर्न खोजेको ढकालले बताए । उनले भने, ‘निर्वाचनबारे सरकारलाई पत्र पठाएर अनुरोध गरिएको थियो । तर सरकारको जवाफ नआउँदै पदाधिकारी बैठकले स्थगितको निर्णय गर्यो । सरकारले निर्वाचन गर्न दिन्थ्यो वा दिँदैनथ्यो त्यसलाई नकुरी हतार हतार गरेर निर्णय गरियो ।’

महासंघको चुनाव साउन २६ र २७ गतेका लागि तोकिएको थियो । तर कोरोना जोखिम नघटेको भन्दै बिहीबार बसेको पदाधिकारी बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो ।

साधारण सभाको मिति सार्ने बिहीबारको निर्णयमा तीन पदाधिकारी र एक विशिष्ट सदस्यले नोट अफ डिसेन्ट लेखेका थिए ।

महासंघका हालका एशोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरज केसीले निर्णयमा असहमति जनाएका थिए । यस्तै विशिष्ट सदस्य चण्डीराज ढकालले पनि असहमति नै जनाएका थिए ।

महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्यसमितिमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ३ : ०८ बजे

भारतीय पर्यटकलाई २५ हजार भन्दा बढी ल्याउन नदिने नियमले पर्यटन क्षेत्र प्रभावित

भैरहवा। स्थलमार्ग भई नेपालतर्फ आउने पर्यटक र भारतीय गाडीलाई सुरक्षाकर्मीहरुले

नेपालको धारणाप्रति चिनियाँ राष्ट्रपतिको पूर्ण समर्थन : प्रधानमन्त्री प्रचण्ड (विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय

विमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्