काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक अवस्थालाई संकेत गर्दै संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको घडीमा ‘उत्सव’ मनाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्ता अवस्थासँग जोडिएको राजनीतिक संवेदनशीलताका बीच उत्सवमय गतिविधि उपयुक्त नहुने संकेत गरेका छन्। पोखरेलले भूराजनीतिक स्वार्थका अगाडि लम्सार पर्नु दासता भएको उल्लेख गर्दै…