काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतका क्लबका पदाधिकारी तथा सदस्यहरूले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बाहिर प्रदर्शन गरेका छन्। एन्फासँग भएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, लिगको वार्षिक चक्र (वन–इयर साइकल) पूरा गर्नुपर्ने र एएफसी क्लब लाइसेन्सको प्रावधान लागू गर्नुपर्ने जस्ता मागसहित क्लब प्रतिनिधिहरूले एन्फा गेट अगाडि आज धर्ना दिएका हुन्। उनीहरूले लिगका सबै प्रतियोगिताहरू समयमै आयोजना गर्नुपर्ने…