काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा 'सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी' भन्ने नाराका साथ आजबाट चाडपर्व लक्षित यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शुशिल सिंह राठौरले नयाँबसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको एक कार्यक्रमका बीच रिबन काटेर शुभारम्भ गरे । नजिकिदै गरेका विजया दशमी, तिहार…