२५ असार २०८३, बिहिबार | July 10, 2026

महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी पहिलो महिला महान्यायाधिवक्ता बनेकी…