काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालनको तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ । महानगरपालिकाको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार हालैको असामान्य परिस्थितिका कारण बन्द भएका विद्यालयलाई पुनः सञ्चालन गर्ने उद्देश्यले तयारी थाल्न भनिएको हो । विद्यालय भवन तथा पूर्वाधारमा कुनै क्षति पुगे-नपुगेको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीहरूको अवस्था बुझ्न…