२९ असार २०८३, सोमबार | July 13, 2026

सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी रहेको बताएका छन् ।

गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरे ।

भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरूलाई चिर्न तथा समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गरेको उनको सचिवालयले जनाएका छ ।

छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक–अर्काको धर्ममा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ४८ बजे

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै

बागलुङको ढोरपाटन सलामकोटमा पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

ढोरपाटन । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ । अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका