काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो ३ः३० बजेका लागि बैठक तय गरिएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय गरिने जनाइएको छ ।