१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता



काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो ।

खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे । नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो ।

नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि हराउन सफल भयो । नेपालले यसपटक अफगानिस्तानलाई पाँच विकेटले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक बन्दा नेपालले आयोजक जापानसँग अङ्क बाँडेको थियो । समूह विजेताका साथ क्वार्टरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलङ्कालाई प्रतिस्पर्धी पाएको थियो । श्रीलङ्कासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

नेपाल आइसिसी टी-२० वरियतामा श्रीलङ्काभन्दा पछाडि रहेका कारण क्वार्टरफाइनलबाट बाहिरिएको हो । नेपालले एसियाली खेलकुदको क्रिकेटतर्फ हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ६ : २९ बजे

नेपालबाट मनसुन क्रमशः बाहिरिँदै

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिने औसत मिति आज

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी । केही दिनअघिसम्म घर थिए । गोठ थिए ।

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा

म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

म्याग्दी । बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत्

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर । यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६०