१७ पुस २०८२, बिहिबार | January 1, 2026

डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज

भक्तपुर । महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन् । सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतकाअनुसार बुधबार बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिर प्रवेश गराई महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको थियो…