काठमाडौं । विपक्षी दलहरुले बजेट भाषणलाई अवरोध नगर्ने भएका छन् । संसद भवनमा आज बसेको विपक्षी दलहरुको बैठकले गृहमन्त्रीको राजीनामामा अडान कायम राख्दै भोलि संवैधानिक प्रावधानअनुसार आउने बजेटलाई कुनै अवरोध नगर्ने निर्णय गरेका हुन् । बैठकमा प्रचण्डले सरकारको वार्षिक बजेटलाई कुनै अवरोध नगर्ने तर अन्य संसदीय गतिविधि हुन नसक्ने बताएका थिए । संसद बैठक अवरोधपछि…