२ भदौ २०८३, मंगलबार | August 18, 2026

रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु



रसुवा । रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको छ । गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुङ्गा, बालुवा, फलामका रड, काठपातलगायतका वस्तु हटाउने काम सुरु भएको हो ।

नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेँसँगै सुख्खाबन्दरगाह सफा गर्ने काम सुर भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

सफाइ गर्ने जिम्मेवारी पाएको ‘नेपाल इन्टरमोडल टान्सपोर्ट’का प्रबन्ध निदेशक आशीष गजुरेलका अनुसार पहिलो चरणमा ७५ वटा मालवाहक कन्टेनर पार्किङका लागि सफा गर्ने काम सुरु भइसकेको र लगत्तै दास्रो चरणमा थप ७५ वटा मालवाहक कन्टेर पार्किङका लागि पनि ठाउँ बनाइने गरी प्रक्रिया अघि बढेको छ ।

रसुवागढी नाकास्थित मितेरी पुल बगेपछि लामो समयदेखि ठप्प भएको सामान ढुवानीको कामको चापलाई दष्टिगत गरी चरणबद्ध रूपमा कुल १५० वटा कन्टेनर पार्किङ गर्नसक्ने गरी सुख्खाबन्दरगाह सफा गर्न लागेको प्रबन्ध निर्देशक गजुरेलले स्पष्ट पारे ।

बाढीले रसुवागढी भन्सारको सुख्खाबन्दरगाहमा ६० प्रतिशत नोक्सान पुर्याएको जानकारी दिँदै प्रवन्ध निर्देशक गजुरेलले यही हिउँदभित्रै सफाइको सक्ने बताए । सुख्खाबन्दरगाहको सफाइ प्रक्रिया अघि बढेको बताउँदै रसुवागढीका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भटृराइले बिगिएको सडक मर्मतसम्भारका लागि सडक सुधार आयोजनालाई अनुरोध गरिसकिएको जानकारी दिए ।

बाढीपहिरोबाट क्षतिग्रस्त स्याफ्रुबेँसी-रसुवागढी सडक सुधार कार्य सामान्य रूपमा मात्र भएका २० टन सामान बोक्ने मालवाहक कन्टेनर डिब्बा चल्ने बातावरण तयार गरिदिन ढुवानी व्यवसायीले माग गरेका छन् ।

यसैगरी ढुवानी व्यवसायी एवम् स्थानीयले सो सडकमार्गस्थित ठाडोखोलाले घटृेखोला पुलको जग खोतलेर जीर्ण अवस्थामा पुर्याएकाले मालवाहक कन्टेनर चलाउन जोखिम रहेको भन्दै तत्काल बिग्रिएको सडक तथा पुलको यथासक्य छिटो मर्मतसम्भार गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ५ : ४६ बजे

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो)

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको