काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिदबिक्रि गरेर अध्यादेश पारित गर्न लागे आन्दोलन गर्ने चेतावनी दिएका छ्न । शुक्रबार काठमाडौंमा जसपा नेपालद्वारा भूमिसम्बन्धी अध्यादेशबारे आयोजित अन्तक्र्रियामा अध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरे । उनले सांसदहरुको खरिदबिक्रि गरेर अध्यादेश पारित गर्नेतिर नलाग्न सरकारलाई चेतावनी दिए । ‘हामीले सरकारलाई स्पष्ट भनेका छौं…