काठमाडौं । नेपाल वायु सेवा निगमले रिक्त रहेको महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै निगमले आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पन्ध्र दिनभित्र आफ्नो आवेदन पेश गर्न सक्ने जनाएको छ । इच्छुक उम्मेदवारले दरखास्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा बुझाउनुपर्ने…