काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज शनिबार बस्दै छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १२ बजेका लागि बैठक बोलाइएको हो। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका कामकारबाहीको प्रभावकारी अनुगमनका लागि विभिन्न मन्त्रालयमा खटाइएका विभागीय संयोजकहरूसँग मन्त्रालयगत समीक्षा तथा छलफल गरिनेछ। संयोजकहरूले मन्त्रिपरिषद्का निर्णय, मन्त्रालयका गतिविधि तथा सरकारका कार्यसम्पादनबारे नियमित अध्ययन, विश्लेषण…