३० असार २०८३, मंगलबार | July 14, 2026

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भइ हाल काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीमा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । दिउँसो तामाङको कोठामा आगलागी भएको थियो…