३ आश्विन २०८३, शनिबार | September 19, 2026

निर्वाचन सुरक्षा रणनीति तय गर्न गृहमन्त्री अर्यालले बोलाए सुरक्षा समितिको बैठक



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउनका लागि आज केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचनअघि र अवधिभरको समग्र सुरक्षा व्यवस्थाको मूल्यांकन गरी आवश्यक रणनीति तय गरिनेछ ।

यसअघि राष्ट्रपति निवास शीतलनिवासमा पनि निर्वाचन सुरक्षासम्बन्धी उच्चस्तरीय छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।

छलफल राजनीतिक वातावरण सुदृढ पार्ने र निर्वाचनका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको थियो । प्रधानमन्त्री कार्कीले पनि हिजो अपराह्न सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपतिको उपस्थितिमा भएको उक्त छलफलका विषयमा जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ८ : २४ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज