काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम सुरु गरेको छ । यसै क्रममा वार्ता टोलीले आज सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ताटोलीसँग छलफल गरेको छ । “काठमाडौं उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेका छौँ, प्रारम्भिक छलफल भइरहेको…