१ माघ २०८२, बिहिबार | January 15, 2026

प्रमुख चार दलका प्रमुख सचेतकहरुबीच छलफल

काठमाडौं । प्रमुख चार दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ । शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकहरुबीच छलफल भएको हो । छलफल संसदीय समितिमा रहेका विधेयकहरुमा साझा धारणा बनाउने विषयमा केन्द्रित भएको छ ।