४ आश्विन २०८३, आइतबार | September 20, 2026

भन्सार छलेर नेपालगन्ज भित्र्याइएको खसी सहित बिभिन्न सामान बरामद



नेपालगन्ज । बाँके प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपालगन्जमा भित्र्याइएको खसी सहित बिभिन्न सामान बरामद गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ बाट अबैध रुपमा भन्सार छलेर ल्याइएको १० जिउ खसी र वडा नम्बर १० गणेशमान चोकबाट भन्सार छलेर ल्याइएको मोबाइल चार्जर, कभर, पावर बैंक लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएका सबै सामानको अन्दाजी मूल्य रु. १ लाख ८१ हजार ४ सय ५० बराबरको रहेको छ ।

बरामद सामानसहित ढुवानीमा संलग्न मानिस र मोटरसाइकल भन्सार कार्यालयमा पठाइएको र बरामद खसीलाई पशु क्वारेन्टाइन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ९ : ३८ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै