काठमाडौं । सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि वाकवाकी लागेको भिडियो सार्वजनिक गरेपछि सरकारले घटनाप्रति गम्भीर चासो देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित ब्याचको उत्पादनमाथि अनुगमन गर्दै तत्कालका लागि बिक्री–वितरणमा रोक लगाएको जनाएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाका एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि…