८ आश्विन २०८३, बिहिबार | September 24, 2026

प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तयारी



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारतको औपचारिक भ्रमण गर्ने तयारी भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि नोभेम्बरको तेस्रो साता समय तय गर्ने गरी कूटनीतिक तहमा छलफल भइरहेको छ । यद्यपि भ्रमणको ठ्याक्कै मिति भने औपचारिक रूपमा टुंगो लागिसकेको छैन ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । भारतको विदेश मन्त्रालयले समेत गत जुलाईमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा दिइएको औपचारिक रूपमा पुष्टि गरेको थियो ।

प्रधानमन्त्री शाहले त्यतिबेला उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका थिए । हाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएपछि भ्रमणको तयारीलाई तीव्रता दिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भएको भेटवार्तामा पनि प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा छलफल भएको जनाइएको छ । दुई देशबीच रहेका विभिन्न द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउँदै सहकार्यलाई थप सघन बनाउने विषयमा समेत छलफल भएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल-भारत सम्बन्धका विविध पक्षमा छलफल तथा द्विपक्षीय सहकार्य अघि बढाउने अवसरका रूपमा हेरिएको छ । भ्रमणका क्रममा कनेक्टिभिटी, ऊर्जा, पूर्वाधार, व्यापारलगायत विषयमा छलफल हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ८ : १९ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

पोखरा । अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र

अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द

बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना

बुटवल कांग्रेस नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

बुटवल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर

भारी वर्षाको सम्भावनापछि गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय दुई दिन बन्द

गुल्मी । सम्भावित भारी वर्षाका कारण गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्रका